एनएमबि लघुवित्त नाफामा, आम्दानी बढेसँगै ईपीएस पनि धनात्मक

२३ श्रावण २०८२, शुक्रबार ०८:०१

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार अघिल्लो आवमा कम्पनी ५ करोड २९ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवको असार अन्त्यसम्म २६ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत आवको असार अन्त्यसम्म ६१.८३ प्रतिशत वृद्धि सहित ४३ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी अघिल्लो वर्ष ३१ करोड ५ लाख रुपैयाँ मात्रै कुल सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ५९.२२ प्रतिशतको वृद्धि गर्दै ४९ करोड ४३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।

त्यस्तै अघिल्लो वर्ष कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा गत वर्ष यसलाई समेत सुधार गर्दै ६ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ।

अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७.३३ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ८.८५ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.६१ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ, रिजर्भ कोषमा २१ करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा २० लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष ६.३५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष घटेर ४.४३ प्रतिशतमा झरेको छ। कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) ४ करोड ७५ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*