स्थानीयले पाएको रसुवागढी हाइड्रोको शेयरको लकइन अवधि सकिंदै

२३ श्रावण २०८२, शुक्रबार ०८:१६

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित स्थानीयले पाएको शेयरको इकइन अवधि भदौ २७ गते सकिंदैछ।

कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर ०७९ भदौ २८ गते बाँडफाँड गरेको थियो।

उक्त बाँडफाँडको मितिले ३ वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम हालसम्म सो शेयर लकइनमा रहेका छन् जसकारण कारोबारमा आउन सकेको छैन।

आउँदो भदौ २७ गते उक्त शेयरको लकइन अवधि सकिएपछि भदौ २९ गतेबाट सो शेयर खरीद–बिक्री गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*