पुरानो लाभांश लिन सानिमा बैंकले बोलायो शेयरधनी
२३ श्रावण २०८२, शुक्रबार ०९:११

काठमाडौं । सानिमा बैंक लिमटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ।
साधारणसभाबाट लाभांश पारित भएको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ। त्यसैले बैंकले लाभांश लिन बाँकी कोही शेयरधनी भए लिन बोलाएको हो।
लाभांश नलिएका शेयरधनीहरूको विवरण बैंकले आफ्नो वेबसाइटमा पनि राखेको जानकारी दिएको छ।












