मेरोमाइक्रोफाइनान्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै अधिकांश सूचक बृद्धि

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार संस्थाको नाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकमा बृद्धि भएको हो ।
संस्थाले गत आवको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेको छ । संस्थाले १ अर्ब ५ करोड रुपैयाँबराबरकाके खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ९ करोड ९५ लाखबाट बढेर १० करोड ७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी एक अर्ब ३ करोड र सञ्चालन खर्च ७० करोड ४१ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा १० करोड ७१ लाख रुपैयाँ धनात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ११ करोड ३१ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ६१ करोड ६७ लाखबाट बढेर ७१ करोड १४ लाख पुगेको छ ।
तीन अर्ब ९८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १५ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ८.२३ प्रतिशतबाट बढेर ९.९९ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्जका लागि संस्थाले ११ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७.४७ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५.२३ रुपैयाँ,प्रतिशेयर नेटवर्थ १५८.११ रुपैयाँ,प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ९३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.५९ गुणा र तरलता अनुपात १.६९ प्रतिशत कायम भएको छ ।













