सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ९९ हजार ४०० रुपैयाँ चाहिने
२३ श्रावण २०८२, शुक्रबार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँ पुगेको छ ।













