उत्कृष्टलाई सम्मान गर्दै सानिमा रिलायन्सको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न

२३ श्रावण २०८२, शुक्रबार १२:५९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना सार्वजनिक गर्दै यो वर्षको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर उद्घाटन गरेको यस कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थिति थियो।

साथै प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूको सहभागितामा पोखराको एक होटेलमा कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले गत आवमा ७ सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिंदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए। कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बताए। साथै कम्पनीले लिएको यो वर्षको लक्ष्य प्राप्तिको लागि कार्य योजना सहित काम गर्नको लागि निर्देशन दिए।

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुख, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुलाई सम्मानित गरिएको थियो।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमालेखहरू मार्फत ग्राहक संख्या विस्तार गरिने बताए। नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाईमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए।

कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो  कार्यनुभव साटासाट गरेका थिए। कार्यक्रमलाई ज्ञानबद्र्धक बनाउनको लागि प्रख्यात स्पिकर मान्सी अग्रवाललाई आमन्त्रित गरिएको थियो। उनले असल नेतृत्वमा हुनुपर्ने गुणहरूको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेकी थिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*