निर्जीवन बीमकको ब्यवसाय ६.७७%ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा नेको-ओरियन्टल र नेपाल इन्स्योरेन्सअघि

काठमाडौँ । गत आर्थिक वर्ष २०८२।०८३ मा निर्जीवन बीमाको ब्यवसाय ६.७७ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा भने निर्जीवन बीमा कम्पनीको ब्यवसाय ४१ अर्ब १७ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
वर्षदिनको अवधिमा सबैभन्दा बढी ब्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । यसअवधिमा कम्पनीको ब्यवसाय ५.९२ प्रतिशतले बढेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

सर्वाधिक ब्यवसायी गर्ने दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ४.४६ प्रतिशतले बृद्धि भएर ५ अर्ब करोड रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो नम्बरको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ ब्यवसाय रहेको छ ।
समिक्षा अवधिमा क्रमशः हिमालयना एभरेष्टको ब्यवसाय १० प्रतिशतले बढेर ४ अर्ब १० करोड, आइजिआई प्रुडेन्सियलको ५.८९ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड, नेको इन्स्योरेन्सको ४.४८ प्रतिशतले बढेर ३ अर्ब २८ करोड, एनएलजि इन्स्योरेन्सको २० प्रतिशतले बढेर ३ अर्ब ६ करोड, युनाइटेड अजोडको २ प्रतिशतले बढेर २ अर्ब ७० करोड, दि ओरियन्टलको २५ प्रतिशतले बढेर २ अर्ब ७० करोड र सानिमा जिआईसिको ३ प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्सको २ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सको १ अर्ब ८६ करोड, राष्टिय बीमा कम्पनीको १ अर्ब ३७ करोड र नेशनलको १ अर्ब ६ करोडको ब्यवसाय रहेको छ ।













