वर्षदिनको अवधिमा जीवन लघुबीमा कम्पनीको ब्यवसाय ८४ करोड, कुनको कति ?

२३ श्रावण २०८२, शुक्रबार १५:२५

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा जीवन लघुबीमा कम्पनीहरुले ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार गत आर्थिक वर्षको असार मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ८४ करोड ३४ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । वर्षदिनको अवधिमा कम्पनीले ३१ करोड ९९ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३१ करोड २९ लाख र लिबर्टी माइक्रो लाइफले २१ करोड ५ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

यता, असार महिनामा मात्रै जीवन लघुबीमा कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*