सानिमा रिलायन्स र नारायणी सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १०% सहुलियतको सम्झौता सम्पन्न

२३ श्रावण २०८२, शुक्रबार १५:३०

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा.भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध, देशभरका विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशत सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिए ।

इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसि रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधि सम्म कामय हुनेछ ।

क्षेत्र प्रबन्धक इशा प्रधानको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर , म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनी चितवन एरियाका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*