निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ९५ करोड, कुनको कति ?

२३ श्रावण २०८२, शुक्रबार १५:३६

काठमाडौं । गत आर्थिक वर्ष २०८१।०८२ मा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ९५ करोड ३८ रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

यसअवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । वर्षदिनको अवधिमा कम्पनीले २६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी दोस्रोमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा २४ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २२ करोड ७४ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसायलाई फैलाउँदै २१ करोड ४२ रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यी कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ वटा बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन् ।

असार महिनामा मात्रै यी चार लघुबीमाले १० करोड ४२ लाख पैयाँको ब्यवसाय गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*