अभियान लघुवित्तको लोभलाग्दो सुधारः नाफा र ईपीएस धनात्मक, आम्दानीमा उच्च वृद्धि

२५ श्रावण २०८२, आईतवार ०९:१६

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था अघिल्लो आर्थिक वर्ष (आव) मा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिसम्म १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

त्यसैगरी कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

यससँगै अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ९.७९ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २६.४२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा (लाभांश क्षमता) ७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ४ करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।

अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) पनि गत वर्ष घटेर ४ प्रतिशतमा झरेको छ। कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*