हालसम्मै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२५ श्रावण २०८२, आईतवार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोला पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*