टीभीएस नेपालको एनटर्क डिस्क एफआई स्कूटर नयाँ रङमा सार्वजनिक, कति पर्छ मूल्य ?

२५ श्रावण २०८२, आईतवार १३:४३

काठमाडौं । टीभीएस नेपालले नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो लोकप्रिय एनटर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा स्टल नम्बर एल३ए, हल बी मा ‘टर्कोइस ब्लु’ र ‘नार्डो ग्रे’ नामका दुई नयाँ आकर्षक रङहरू प्रदर्शनीमा राखिएका छन् ।

एनटर्क डिस्क एफआई स्कूटरमा १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ जसले सहज र शक्तिशाली पर्फर्मेन्स प्रदान गर्दै करिब ४५ किलोमिटर प्रतिलिटरको इन्धन खपत क्षमता दिने कम्पनीको दाबी छ । यसको रेसिङ शैलीबाट प्रेरित डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकमा विशेष पहिचान बनाएको छ ।

यो नयाँ कलर भेरियन्ट नेपाली बजारका लागि दुई लाख ८२ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ । टीभीएसले आधुनिक यात्रुहरूको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै स्मार्ट प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको संयोजनमार्फत यो स्कूटर तयार गरेको जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले विभिन्न गाडी, इलेक्ट्रिक सवारी, हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*