प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ (अक्सन) मा राखेको छ।
कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बेच्ने गरी लिलामीमा राखेको हो। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता लागि र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
यसमा सर्वसाधारण, संस्थापक शेयरधनी, संगठित संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र भोलि साउन २७ गतेदेखि भदौ ३ गते दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ।
बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा पेश गर्न सकिनेछ।













