सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको प्रतिफल घोषणा, कुनको कति ?

२६ श्रावण २०८२, सोमबार १२:३२

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले प्रतिफल घोषणा गरेको छ । फण्डहरुले गत वर्ष २०८१।०८२ को मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका हुन ।

सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने भएका हुन । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । इकाईधनी दर्ता किताव बन्द हुने बारेको सूचना पछि प्रकाशन हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*