प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको शेयर बिक्रीमा, सबैले किन्न पाउने

२७ श्रावण २०८२, मंगलवार ०६:२०

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री खुलाएको हो। यसमा बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता माग गर्न सकिनेछ। यसर्थ कम्तीमा १० हजार रुपैयाँ लाग्नेछ।

यसमा इच्छुक व्यक्ति वा संघसंस्था सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आउँदो भदौ ३ गते रहेको छ।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा पेश गर्न सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*