शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक

२६ श्रावण २०८२, सोमबार १४:२५

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रम आयोजना हुन लागेको छ। उक्त सेमिनारको मुख्य प्रायोजकको रूपमा देशको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट सहभागी भएको छ।

भदौ १२ गते (२८ अगस्ट २०८२), होटल मेरियट नक्साल काठमाडौंमा बिहान १०:३० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा व्यवसायी, उद्यमी र युवा वर्गलाई लक्षित गरी व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गरिनेछ। शिवम् सिमेन्टका प्रतिनिधिहरूका अनुसार यो कार्यक्रममार्फत विश्वस्तरका मोटिभेसनल स्पिकर डा. उज्ज्वल पाटनीसँग सहकार्य गर्दै सहभागीहरूलाई व्यवसायमा नयाँ उचाइमा पुग्ने अवसर प्रदान गरिनेछ।

शिवम् सिमेन्ट आफ्नो नवीन र इनोभेटिभ कार्यक्रमहरूको माध्यमबाट ग्राहकहरूमाझ छुट्टै पहिचान बनाउन सफल ब्रान्ड हो। ‘शिवम् सन्देश’ र ‘नो कम्प्रोमाइज’ जस्ता अभियानमार्फत सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आफ्नो ब्रान्ड मूल्यलाई मजबुत बनाउँदै आएको छ।

डा. उज्ज्वल पाटनीलाई ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भइसकेका छन्। २०१४ को ‘Top 10 Thinker’ र ‘Best Corporate Trainer of India’ जस्ता प्रतिष्ठित सम्मान पाएका उहाँको डिजिटल शो “The Ujjwal Patni Show” हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशहरूमा हेर्दै आएका छन्। साथै, उहाँका कार्यक्रमहरू Business Gurukul, VIP र Business Audit मार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले आफ्नो व्यवसायमा रूपान्तरण हासिल गरेका छन्।

डा. पाटनीका सात पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् भने विश्वका २८ देशहरूमा ती पुस्तकका १० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*