शिवम् र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२६ श्रावण २०८२, सोमबार १५:०५

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २८.४४ अंकले घटेर २८२१.९२ को बिन्दुमा कायम भएको छ ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५३ करोड ८८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३६ करोड ६० लाख रुपैयाँ, शाहस उर्जाको ३६ करोड ४५ लाख रुपैयाँ र बुटवल पावरको २९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।













