राताम्य पुँजी बजारः त्रसित लगानीकर्ता शेयर बिक्री तिर हाबि, विकास बैंक र लघुवित्तमा पहिरो

२६ श्रावण २०८२, सोमबार १५:०७

काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । गत बिहिबार बढेको बजार आज फेरी ओरालो यात्रा लागेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको आडमा उचालिएको बजार पछिल्लो समय भने निरन्तर खुम्चि रहेको हो ।

बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर भइरहेको छ । बजार केहि साताअघि ३००० बिन्दुमाथि जादा बजार ३२०० माथि जाने अपेक्षा गरेर हौसिएर शेयर किन्ने लगानीकर्ताहरु अहिले डुबेका छन् । माफियाको लहलहैमा लागेर बजारले नयाँ रेकर्ड राख्ने आशले शेयर खरिद गर्नेहरुको लगानी बालुवामा पानि झै भइरहेको छ । जसले गर्दा लगानीकर्तामा आक्रोस समेत थपिएको छ ।

गत आर्थिक वर्ष २०८१।००८२ को बैंक तथा वित्तीय संस्थाको रिपोर्ट समेत आइरहेको छ । हालसम्म प्रकाशित अधिकांश कम्पनीको वित्तीय रिपोर्ट निकै सकारात्मक आइरहेको हो । लाभांश क्षमता समेत बलियो हुँदै गएको छ । तर, शेयर बजारमा यसले प्रभाव पार्ने सकेको छैन । यसअघि अस्वभाविक नाफा देखाएका कम्पनी टाटपल्टिने अवस्थामा भेटिएका थिए । सोहि कारण पनि लगानीकर्ता अहिलेको रिपोर्टलाई विश्वास गर्ने सकिरहेका छैन ।
बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा यो बेला समेत बजार बढ्न नसके लामो समय स्थिर अवस्थामा रहने आकंलन केहि विश्लेषकहरुले गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८६ अकंले घटेर २८२०.५० बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ५० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज सर्वाधिक शेयर मूल्य घट्नेमा विकास बैंक र माइक्रोफाइनान्स रहेको छ । विकास बैंक र लघुवित्तको सकारात्मक रिपोर्ट सार्वजनिक हुँदा समेत मूल्य बढ्न सकेको छैन । यसदिन विकास बैंकको २.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.३३ प्रतिशत, फाइनान्सको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ३० कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २२० कम्पनीको घटेको छ । आज रिभर फल्सको शेयरमा सकारात्मक सर्किट देखिएको छ।

सर्वाधिक कारोबार कम्पनी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*