माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन् ।
सिडिएससीका अनुसार पहिलो दिनमै कम्पनीको आइपीओमा ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६ गुणा बढी हो । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता शेयर जारी गरेको हो ।
कम्पनीले गत असार १ गते प्रति शेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।












