हिमालयन बैंकको नाफा २२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?

२७ श्रावण २०८२, मंगलवार ०६:३९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२.१५ प्रतिशत खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको अन्त्यसम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १० प्रतिशतले घटेको छ। बैंकले अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।

त्यसैगरी अघिल्लो वर्ष बैंकले १३ अर्ब १४ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा गत वर्ष ४.७२ प्रतिशतले घटेर १२ र्अ ५२ करोड रुपैयाँमा झरेको वित्तीय विवरणले देखाएको छ।

यता अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ जबकी अघिल्लो वर्ष सञ्चालन नाफा २ अर्ब ८८ करोड रुपैयाँ मात्रै थियो।

त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ३७ करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेर ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*