२० हजार वैदेशिक रोजगारेले पाए बुङ्गल हाइड्रोको आईपीओ, नपाउनेको रकम फिर्ता गरिंदै

२७ श्रावण २०८२, मंगलवार ०९:१३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूका लागि जम्मा २ लाख ७ हजार ५०० कित्ता आईपीओ गत असार २९ देखि साउन ११ गतेसम्म निष्कासन गरेको थियो।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका २० हजार ७५० जना आवेदकले १०–१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।

कम्पनीले हिजो साउन २६ गते आईपीओ बाँडफाँडको गरेको हो जसको नजिता अनलाइनमा सार्वजनिक भइसकेको छ। साथै बाँडफाँडमा नपरेकाहरूको रकम आजदेखि फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले हिजोदेखि नै सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिरहेको छ जसमा पहिलो दिनमै मागभन्दा ६ गुणा बढी आवेदन परिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*