कलंकीको नापी कार्यालयका सहयोगी घुस सहित रंगेहात पक्राउ, कार्यालय प्रमुख र सर्भेक्षकको मोबाइल बरामद

२७ श्रावण २०८२, मंगलवार १०:०७

काठमाडौं । काठमाडौंको नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् भने सोही कार्यालयका प्रमुख र सर्भेक्षकको मोबाइल बरामद भएको छ।

कार्यालय सहयोगी कुँवरले चन्द्रागिरीमा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एकजना सेवाग्राहीसँग घुस मागेका थिए। उनले घुस मागेको सूचना सेवाग्राहीले अख्तियारमा दिएपछि अख्तियारले निगरानी गरेको थियो।

निगरानीको क्रममा उनले सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेर लिइसकेको अवस्थामा उक्त रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालको टोलीले रंगेहात पक्राउ गरेको हो।

यसमा कार्यालयका प्रमुख र सर्भेक्षकको समेत मिलेमतो हुन सक्ने देखिएपछि अख्तियारले सोही कार्यालयका प्रमुखको २ वटा मोबाइल र सर्भेक्षकको १ वटा मोबाइल पनि बरामद गरेको छ।

कार्यालय सहयोगी कुँवरको पनि १ थान मोबाइल बरामद गरिएको अख्तियारले जानकारी दिएको छ। उनलाई अख्तियारले कार्यालय परिसर भित्रैबाट पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*