चिलिमे हाइड्रोपावरको वर्षदिनः विद्युत बिक्री आम्दानीसँगै नाफा बृद्धि

२७ श्रावण २०८२, मंगलवार १०:३०

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १६.७० प्रतिशत घटेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ।

८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*