भिडियो काण्डपछि उद्योगमन्त्रीद्वारा स्वकीयलाई बर्खास्त

२७ श्रावण २०८२, मंगलवार १३:२१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्ना स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदबाट बर्खास्त गरेका छन्। जनै पूर्णिमाको दिन साउन २४ गते डिस्को पुगेका अधिकृत भण्डारीले युवतीसँग गरेको अस्वभनिय व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।

सो भिडियो भाइरल भएपछि चौतर्फी आलोचना चर्किएको थियो। मन्त्रालयको छविमा नकारात्मक असर पारेको भन्दै मन्त्री भण्डारीले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। बर्खास्तको निर्णयसँगै उनी साउन २६ गतेदेखि स्वकीय अधिकृत पदबाट औपचारिक रूपमा हटाइएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*