सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

२८ श्रावण २०८२, बुधबार ०६:२०

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको प्रथम चरणको आईपीओ आज साउन २८ गतेदेखि बिक्री खुला गरेको छ। कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट साउन १२ गते अनुमति पाएको हो।

जसमध्ये पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा १ लाख ४५ हजार २०० कित्ता निष्कासन गरेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ घटीमा १ हजार र बढीमा ७ लाख रुपैयाँ लाग्नेछ। आवेदन दिने अन्तिम मिति भदौ १ गते रहेको छ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिंग नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिंग दिएको छ यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्।

यसमा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

सागर डिष्टिलरी एक मदिरा उत्पादक कम्पनी हो। यस कम्पनीले भोड्का, ह्विस्की र जिन श्रेणीका मदिराहरू उत्पादन गर्छ। यसका उत्पादनहरूमा नेप्से बुल, गभर्नर, रोयल ब्लू, बेरिज एण्ड ब्लुज, ग्रे वल्फ जस्ता मदिराहरू रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*