भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ । यस अन्तर्गत पाँच जलविद्युत् आयोजना—लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको थियो । हाल थपिएको अनुमति सहित नेपालबाट भारतमा १,०११ मेगावाट निर्यातको बाटो खुलेको छ । यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् पठाउँदै आएको छ, जसअनुसार कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
हाल स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति आगामी ३१ अक्टोबरसम्म कायम रहनेछ । प्राधिकरणका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा भारतलाई विद्युत् निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो ।













