दुई पुनर्बीमाको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२७ श्रावण २०८२, मंगलवार १५:०६

काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार पनि उच्च अंकले गिरावट भएको छ । आज कुल ६ अर्ब ९१ करोड रुपैयाँको मात्र कारोबार भएको छ । जसमा आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज २६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँ, शिवम् सिमेन्टको २० करोड ६ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको बुटवल पावरको १९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*