शेयर बजार घट्दापनि सिटी होटलको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२७ श्रावण २०८२, मंगलवार १५:१६

काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.७१ अंकले घटेर २७९७.७४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता ५७ रुपैयाँले बृद्धि भएको छ ।

त्यस्तै, समजा लघुवित्तको ४.३४ प्रतिशत, कालिका पावरको २.३७ प्रतिशत, ग्रीन भेन्चर्सको २.२५ प्रतिशत, कालिका लघुवित्तको २.१८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*