सलिकोले कमायो ४० करोड रुपैयाँ नाफा, बीमाकोष ७ अर्ब नजिक

२८ श्रावण २०८२, बुधबार ०६:३६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्म ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४६ करोड ९ लाख रुपैयाँ कमाएको थियो गत आवमा कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेको हो। यससँगै प्रतिशेयर आम्दानी २३.४४ रुपैयाँबाट घटेर १५.३७ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २३९.१२ रुपैयाँ कायम भएको छ।

अघिल्लो आवमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवमा २२.८६ प्रतिशतको वृद्धिका साथ २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

गत आवमा कम्पनीको कुल आम्दानी पनि १२.५० प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ जबकि अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो।

आम्दानी बढेसँगै कम्पनीको खर्च पनि १७.४७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा २ अर्ब १६ करोड रुपैयाँ मात्रै थियो। यता अभिकर्तामा गर्ने खर्च भने कम्पनीले झण्डै आधाले वृद्धि गरेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३ करोड ८२ लाख रुपैयाँ मात्रै थियो।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ६ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*