नेशनल लघुवित्तको लोभलाग्दो प्रगतिः खुद र वितरणयोग्य नाफामा उछाल, आम्दानीमा उच्च वृद्धि

२८ श्रावण २०८२, बुधबार ०८:५९

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा लोभलाग्दो प्रगति गरेको कम्पनीले आजै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा २० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा १३६.३३ प्रतिशत वृद्धि गर्दै ४७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी कम्पनीले अघिल्लो वर्ष ३३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष दोब्बरले वृद्धि गर्दै ६ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। यसरी नाफामा उछाल आएसँगै अघिल्लो वर्ष २४ करोड ८४ लाख रुपैयाँ रहेको वितरयणयोग्य नाफा गत वर्ष ७७.१८ प्रतिशतको वृद्धि सहित ४४ करोड रुपैयाँ नाघेको छ।

यता कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ११ करोड रुपैयाँबाट ४४.६० प्रतिशतको वृद्धि सहित १ अर्ब ६१ करोड रुपैयाँ नाघ्दा कुल आम्दानी पनि १ अर्ब ३१ करोड रुपैयाँबाट ४१.१७ प्रतिशतको वृद्धि सहित १ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ।

यसरी आम्दानी र नाफामा उच्च वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि १७.२१ रुपैयाँबाट बढेर ३५.६० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ कायम भएको छ। कम्पनीको खराब कर्जा (एनपीएल) ३.६९ प्रतिशतबाट बढेर ४.११ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजिर्भमा करीब साढे १ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले २४ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेर ६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*