बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

२८ श्रावण २०८२, बुधबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*