सन नेपाल लाइफले लगानीकर्तालाई बनायो निराश, लाभांश नदिने निर्णय

२८ श्रावण २०८२, बुधबार १०:३९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।

कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०८१ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*