मन्दाकिनी हाइड्रोपावरद्वारा ४३ करोडको हकप्रद जारी गर्ने निर्णय, विद्युत नियमन आयोगबाट स्वीकृति

२८ श्रावण २०८२, बुधबार १०:४८

काठमाडौं। मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कशन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।

कम्पनीले २३ करोड ३४ लाख रुपैयाँ बराबरको ऋण तिर्ने प्रयोजनको लागि र माथिल्लो सार्दी खोला जलविद्युत निर्माणमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद निष्कशन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त आयोजना निर्माणमा ३५ करोड लगानी गर्ने उल्लेख गरेकोमा आयोजनामा अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँबाट जम्मा ४६ करोड ३३ लाख रुपैयाँमात्रै बैंकबाट स्वीकृति भएको छ ।
कम्पनीले सो पश्चात् अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद निष्काशनको लागि अनुमति माग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*