३६२% ले बढ्यो मुक्तिनाथ कृषि कम्पनी मुनाफाः अधिकांश सूचकमा चमक, कुन कति अब्बल ?

२८ श्रावण २०८२, बुधबार १०:५४

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको मुनाफामा चमक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ गरेको हो ।

गत आर्थिक वर्षमा कम्पनीले १० करोड ५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ । जुन मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

यता, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ करोड ४३ लाख ५६ हजार रुपैयाँ कुल आम्दानी रहेको कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५५ प्रतिशत घटेर १३ करोड १९ लाख रुपैयाँ पुगेको वित्तीय रिपोर्टमा उल्लेख गरेको छ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ६ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी समेत चमक देखिएको छ । समीक्षा अवधिमा कम्पनीको उक्त आम्दानी ११ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*