सूर्याेदय वोमी लघुवित्तले कमायो १३ करोड ८२ लाख रुपैयाँ नाफा

२८ श्रावण २०८२, बुधबार ११:१५

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले गत आवमा १४२.७६ प्रतिशतको वृद्धि गर्न सफल भएको हो।

त्यसैगरी कम्पनीले गत आवको असार मसान्तसम्म ८१ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षको असार मसान्तसम्म ६५ करोड ६२ लाख रुपैयाँ मात्रै थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ७५ करोड ६ लाख रुपैयाँबाट बढेर ९३ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २० करोड २६ लाख रुपैयाँबाट बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ छ। रिजर्भमा ३९ करोड रुपैयाँ जम्मा गरेको कम्पनीको जगेडा कोषमा ११ करोड ३ लाख रुपैयाँ छ जुन अघिल्लो वर्ष २० करोड ४१ लाख रुपैयाँ थियो।

प्रतिशेयर आम्दानी दोब्बरले वृद्धि भएर १२.५० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५.२५ रुपैयाँ छ। खराब कर्जा ६.११ प्रतिशतबाट ४.७० प्रतिशतमा झरेको कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६८ लाख रुपैयाँ छ।

यस कम्पनीले ११ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ जसबाट ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*