सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा, कुन वित्तीय सूचकमा को बलियो ? (तथ्यांकसहित)

२८ श्रावण २०८२, बुधबार १४:०८

काठमाडौं । हाल नेपालमा संचालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई स्थापित र ठुला निर्जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।

नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले आफ्नो सम्पत्तिको बीमा गरेर सम्पत्तिको रक्षावरणको जिम्मा लगाएका छन् । दुबै कम्पनीको गत आवको वित्तीय विवरण केलाउदाँ कडा प्रतिस्पर्धा देखिएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरणका आधारमा तयार गरिएको

चुक्ता पुँजीः
चुक्ता पुँजीको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडी रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख रुपैयँँ रहेको छ ।

महाविपत्ती कोषः
महाविपत्ती कोषमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अघि रहेको छ । समीक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा २२ करोड ९३ लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको महाविपत्ती कोषमा २२ करोड ४३ लाख रुपैयाँ सञ्चिती रहे्को छ ।

जगेडा कोषः
समीक्षा अवधिमा जगेडा कोष चाँही सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बढी रहेको छ । कम्पनीले यस कोषमा ९५ करोड ५० लाख रुपैयाँ सञ्चिती राखेको छ । साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ६५ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

बीमा कोषः
बीमा कम्पनीहरुको लागि एकदमै महत्वपूर्ण रहेको सूचक हो, बीमा कोष । कम्पनीहरुलाई आपत्ति, विपत्ती आउँदा बीमा कोषले निकै सहज गर्दछ । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमा कोषमा अघि रहेको छ । कम्पनीले यसमा ६ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ सञ्चिती राखेको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाँच अर्ब ७२ करोड २० लाख रुपैयाँ सञ्चिती राखेको छ ।

खुद नाफाः
बीमा कम्पनी मात्र नभएर समग्र व्यवसायीक कम्पनीहरुको उद्देश्य नै बढीभन्दा बढी नाफा आर्जन गर्नु रहेको हुन्छ । गत वर्ष खुद नाफा आर्जनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अघि रहेको छ । कम्पनीले यस अवधिमा ७१ करोड ३१ लाख रुपयाँ आर्जन गरेको छ । साथै, सलिकोले ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

खुद बीमा शुल्क आर्जनः
खुद बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी देखिएको छ । कम्पनीले गत वर्षमा कुल दुई अर्ब ११ करोड ३५ लाख रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब पाँच करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरे्को छ ।

कुल बीमा दावी भुक्तानीः
आम बीमित र स्वयमः कम्पनीको लागि पनि बीमा दावी निकै महत्वपूर्ण पक्ष रहेको हुन्छ । गत वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कुल तीन अर्ब ६२ करोड ५१ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ७६ करोड ४० लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ ।

कुल आम्दानीः
बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफद नै आम्दानीको स्रोत रहेको हुन्छ । समीक्षा अवधिमा दुबै कम्पनीबीच कुल आम्दानीमा निकै रोमान्चक प्रतिष्पर्धा रहेको छ । जसमा सलिकोको वर्ष दिनको आम्दानी तीन अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कुल खर्चः
समीक्षा अवधिमा कुल खर्चमा सलिको अघि रहेको छ । कम्पनीले आफ्ना कर्मचारीको सेवा सुविधा, अतिथी सत्कार, विभिन्न व्यवसायीक भ्रमण तथा व्यवस्थापनमा कम्पनीहरुले खर्च गर्ने गर्दछन् । वर्षदिनमा सलिकोले दुई अर्ब ५४ करोड २८ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब आठ करोड ८३ लाख रुपैयाँ खर्चिएका छन् ।

:उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*