चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपालमा प्रवेश

२८ श्रावण २०८२, बुधबार १४:४५

काठमाडौं । चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपाली बजारमा आइपुगेको छ। एलआरआर मोटर्सले नेपाली ग्राहकका लागि यस गाडी उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यो गाडी आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिनेछ।

ग्यालेक्सी ईएक्स५ दुई भेरियन्ट ‘प्रो’ र ‘म्याक्स’ मा उपलब्ध छ। हाल यी मोडेलहरू टेस्ट्र ड्राइभ र रिभ्युको क्रममा रहेका छन्।

जीईए (ग्लोबल इन्टेलिजेन्ट न्यू इनर्जी आर्किटेक्चर) प्लेटफर्ममा निर्माण गरिएको यस कम्प्याक्ट क्रसओभर एसयूभीलाई २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो। चिनियाँ बजारमा बीवाई अट्टो ३ को प्रतिस्पर्धीको रुपमा ल्याइएको यो गाडी नर्वे, अस्ट्रेलिया, थाइल्याण्ड र इन्डोनेसियामा समेत बिक्री भइरहेको छ।

‘प्रो’ भेरियन्टमा ४९.५२ किलोवाट आवर र ‘म्याक्स’ भेरियन्टमा ६०.२२ किलोवाट आवरको लिथियम आइरन फोस्पेड ब्लेड ब्याट्री राखिएको छ। १६० किलोवाटको मोटरले ३२० एनएम अधिकतम टर्क उत्पादन गर्दछ। कम्पनीको दाबी अनुसार, ‘प्रो’ भेरियन्टले ४४० किलोमिटर र ‘म्याक्स’ भेरियन्टले ५३० किलोमिटर CLTC रेन्ज तय गर्न सक्छ। गाडी ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ६.९ सेकेन्डमै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*