बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

२८ श्रावण २०८२, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज ८९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा मायाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अंकले बृद्धि भएको छ । आज कम्पनीको शेयर प्रतिकित्ता २५ रुपैयाँ अर्थात ५.७४ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सानिमा लार्ज क्याप फण्ड, नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*