नागरिक लगानी कोषको उपदान योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध

२८ श्रावण २०८२, बुधबार १६:३३

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा अब नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड पनि जोडिएका छन् ।

नेरुडे लघुवित्तका करिब १,१०० कर्मचारी र उपकार लघुवित्तका १०० भन्दा बढी कर्मचारी यस योजनामा सहभागी हुने भएका छन् । यसअघि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि यो योजनामा आवद्ध भइसकेको छ ।

उपदान तथा पेन्सन योजनाको व्यवस्था:

उद्देश्यस् २०५५ सालदेखि सञ्चालनमा आएको यो योजनाले संगठित संस्थाका कर्मचारीहरूको उपदान तथा पेन्सन रकम संकलन गरी लगानी गर्छ र अवकाशपछि भुक्तानी दिन्छ ।

सहभागितास् संगठित संस्था र त्यसका कर्मचारीहरू योगदानमा आधारित वा गैर(योगदानमा आधारित भएर यस योजनामा सहभागी हुन सक्छन् ।

हालको स्थितिस् हालसम्म १,१५० संगठित संस्थाका करिब ३३ हजार कर्मचारी यस योजनामा सहभागी छन् ।

योजनाका फाइदाहरू:

यस योजनामा सहभागी कर्मचारीहरूले विभिन्न कर्जा सुविधाको लाभ लिन सक्छन्। जसमा आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा समावेश छन्। साथै, आकस्मिक आवश्यकताका लागि सरल कर्जाको सुविधा पनि उपलब्ध छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*