याडिया स्कुटर खरिद हुनै छोडेः ग्राहक लोभ्याउन बिक्रेताको छुट रणनीति

२८ श्रावण २०८२, बुधबार १७:०४

काठमाडौँ ।ग्राहक गुमाउँदै गएपछि याडिया ई८एस प्रो स्कुटर भारी छुटमा बेच्दै आएको याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले पुनः अर्का स्कुटरमा भारी छुट योजना ल्याएको छ । पछिल्लो समय नेपाली अटो बजारमा याडियाका स्कुटर बिक्री हुनै छोडेपछि कम्पनी छुट योजना मार्फत ग्राहक लोभ्याउने रणनीति अपनाइरहेको हो ।

पहिले २ लाख ८५ हजार रुपैयाँमा बिक्री हुँदै आएको याडिया भेलक्स अब २ लाख ४५ हजार रुपैयाँमै उपलब्ध हुनेछ । कम्पनीले यसको बिक्री बढाउने उद्देश्यले यस्तो योजना ल्याएको हो । याडिया भेलक्समा ३२०० वाटको इलेक्ट्रिक मोटर छ र १७२ न्युटन मिटर टर्क प्रदान गर्ने क्षमता रहेको दाबी गरिएको छ । स्कुटरको अधिकतम गति प्रतिघण्टा ६२ किलोमिटर रहेको छ भने २.१ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्रीले पूर्ण चार्जमा १०० किलोमिटरको यात्रा क्षमता दिन्छ भन्ने कम्पनीको दाबी छ ।

तर, नेपाली बजारमा यस्ता स्कुटरको माग घटेको देखिन्छ। प्रतिस्पर्धात्मक मूल्यमा दर्जनौं अन्य इलेक्ट्रिक स्कुटर उपलब्ध भएका कारण महँगो मूल्यमा बिक्री हुने याडियाका स्कुटर ग्राहकको प्राथमिकतामा पर्दैनन् । याडियाका ग्राहकहरूले पटक–पटक कम रेञ्ज, चार्जको लामो समय र मोटरको अस्थिर प्रदर्शनबारे गुनासो गरेका छन् । यस्ता अनुभवले गर्दा नयाँ ग्राहक आकर्षित गर्न कम्पनीलाई भारी छुटको योजना ल्याउन बाध्य बनाएको छ ।

याडियाका स्कुटरले कम्पनीले दाबी गरेको जति प्रदर्शन र सुविधा दिन सकेको छैन । बजारमा अन्य ब्रान्डले सस्तो मूल्यमा बढी सुविधा र लामो रेञ्ज प्रदान गरिरहेका छन् । यसको परिणामस्वरूप याडियाका स्कुटर हाल नेपाली बजारमा आकर्षण गुमाएका छन् । महँगो मूल्यमा बिक्री हुँदै आएका याडियाका स्कुटरमा ग्राहकले अपेक्षा गरेजस्तो अनुभव नपाएका कारण कम्पनीले ग्राहक लोभ्याउन भारी छुट योजना लागू गरेको हो ।

ग्राहक गुमाउँदै याडिया, भारी छुटमा बेच्न बाध्य भयो ई८एस प्रो स्कुटर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*