बैदेशिक रोजगार म्यादी बीमा पुलमाथि अन्तरिम आदेश जारी भएन

२८ श्रावण २०८२, बुधबार १७:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी निर्देशिका जारी गर्ने बीमा प्राधिकरणको २०८१।०४।०१ को निर्णय गैर कानुनी रहेको भन्दै दायर गरिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नगरेको हो ।

बीमा ऐनको दफा १६८ बमोजिम नेपाल सरकारबाट नियम बनाएर मात्रै कुनै पनि सामुहिक बीमा पुल सञ्चालन गर्नुपर्नेमा बीमा प्राधिकरणले दफा १६६ बमोजिम बीमा पुल सम्बन्धी निर्देशिका जारी गरेर बीमा ऐनको उल्लंघन गरेको भन्दै उक्त बीमा पुल खारेजीको माग गरिएको थियो ।

सो रिटमाथि अन्तरिम आदेश जारी नभए पनि निवेदकको माग बमोजिमको मुद्दाको अन्तिम सुनुवाई भने पछि हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*