विकास हाइड्रोपावरको शेयर लगानीकर्ताको खातामा जम्मा, नेप्सेमा सूचिकृत कहिले ?
२८ श्रावण २०८२, बुधबार १८:०१

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हिजो (साउन २७ गते) जम्मा भएको छ।
कम्पनीले जारी गरेका शेयर लगानीकर्ताको खातामा पुगेपछि अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने प्रक्रिया अघि बढ्नेछ। सूचीकृत भइसकेपछि नेप्सेमा उक्त शेयररको कारोबार अर्को दिनबाट सुरु हुनेछ।
नेप्सेले विकास हाइड्रोपावरको पहिलो कारोबारका लागि न्यूनतम ९७.४२ रुपैयाँदेखि अधिकतम २९२.२६ रुपैयाँसम्मको ओपनिङ मूल्य रहेको छ।












