सुजुकीको पहिलो विद्युतीय कार ‘ई भिटारा’ सार्वजनिक हुँदै, ५०० किलोमिटरको रेन्जसहित उत्कृष्ट फीचर

२८ श्रावण २०८२, बुधबार १८:२१

काठमाडौँ । नेपालका लागि मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक सवारीसाधन ईभी ‘ई-भिटारा’ आगामी शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।

यो मोडल पहिलोपटक जनवरी २०२४ मा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मा प्रदर्शन गरिएको थियो। ई-भिटारामा अत्याधुनिक एलएफपी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ र यो ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटर यात्रा गर्न सक्ने दाबी गरेको छ।

ई-भिटारा फ्रन्ट–ह्विल ड्राइभ प्रणालीमा आधारित छ र १०६ किलोवाट, १२८ किलोवाट र १३५ किलोवाटका तीन फरक मोटर विकल्पमा उपलब्ध हुनेछ। गाडीको आकार ४,२७५ एमएम लम्बाइ, १,८०० एमएम चौडाइ र १,६३५ एमएम उचाइ रहेको छ।

क्याबिनमा नयाँ अपरेटिङ सिस्टमसहितको डुअल–स्क्रिन लेआउट र डिजिटल डायल जस्ता आधुनिक सुविधाहरू राखिएका छन्। साथै गाडीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, स्प्लिट-फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट, थ्री-पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट जस्ता व्यावहारिक सुविधाहरू पनि उपलब्ध छन्।

सुरक्षाका दृष्टिले ई-भिटारामा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम पनि रहेको छ, जसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम जस्ता फिचरहरू समावेश छन्।

त्यसैगरी गाडीमा ७ वटा एयरब्याग, ३६०-डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेकसहितको अटो होल्ड, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर र हिटेड मिरर जस्ता अतिरिक्त सुरक्षा र सुविधा पनि उपलब्ध छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*