नेपाल बैंकको मुनाफा ३ अर्ब ७७ करोडः अधिकांश सूचकमा सुधार, कुन कति बलियो ?

२९ श्रावण २०८२, बिहीबार ०८:०७

काठमाडौं । नेपाल बैंकको मुनाफामा आकर्षक सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक सकारात्मक लयतमा गइरहेको देखिएको हो ।

गत आर्थिक वर्षमा बैंकको खुद नाफा  १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकको कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

असारम मसान्तसम्मको अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरीएको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक, चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ र जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ०.१९ रुपैयाँ रहेकोमा बढेर २५.६८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*