मेट लाइफको मुनाफा साढे ४९ करोड, चौथौ त्रैमाससम्ममा कस्ता छन् अन्य वित्तीय सूचक ?

२९ श्रावण २०८२, बिहीबार ०८:३६

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा प्रभावित भएपनि अन्य सूचकमा भने सन्तोषजनकनै सुधार देखिएको हो ।

गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने ४० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ८२ करोड ७९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यता, कम्पनीको जीवन बीमा कोषको आकार १५.५४ प्रतिशतले बढेर २९ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त आकार २५ अर्ब ६० करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष १०.१५ प्रतिशतको वृद्धि सहित ६ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको कुल आम्दानी ८ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८ अर्ब ९९ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि ७ अर्ब १० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ४८ करोड ६३ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष ८.५९ प्रतिशतको वृद्धि सहित ५२ करोड ८० लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*