विजय लघुवित्तको मुनाफा उछालः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ, कुन कति अब्बल ?

२९ श्रावण २०८२, बिहीबार ०९:३२

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखाएको हो ।

गत आर्थिक वर्षको अवधिमा कम्पनीले ९ करोड ६७ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ४ लाख ४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेर ६३ करोड ४१ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी ४० करोड ८६ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा २ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा बढेर १५ करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४५ करोठ ७ लाख ७७ हजार रुपैयाँ सञ्चित रहेको छ ।

यता, कम्पनीको वितरणयोग्य नाफा ३ करोड ८१ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा २०.५० प्रतिशतबाट घटेर ९.६० प्रतिशतमा आइपुगेको छ ।

यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.७१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*