गार्डियन माइक्रो लाइफको वित्तीय विवरणमा चमकः नाफा र आम्दानीमा उछाल, अन्य सूचक कस्ता?

२९ श्रावण २०८२, बिहीबार ०९:४७

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्ष कम्पनीको वित्तीय सूचकहरूमा चमक देखिएको हो।

अघिल्लो आवको असार मसान्तसम्म २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले गत आवको असार मसान्तसम्म २६०० प्रतिशतको वृद्धि सहित ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।

त्यसैगरी अघिल्लो वर्ष करीब ३७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षमा भने ९८०.२३ प्रतिशतको उछाल सहित करीब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको कुल आम्दानी ८ करोड ६६ लाख रुपैयाँबाट बढेर ४७ करोड ७ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ८ करोड ७७ लाख रुपैयाँबाट बढेर ४१ करोड ५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ०.४२ रुपैयाँबाट बढेर ८.०२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०७.३० रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँबाट बढेर ७५ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ६२ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*