हिमालयन डिष्टिलरी मुनाफा १६१ ले बढ्यो, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

२९ श्रावण २०८२, बिहीबार ०९:५७

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २२०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधारिएको देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६१.१३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ३६ करोड ५० लाख रुपैयाँ मात्र रहेको थियो।

बिक्री आम्दानीमा उल्लेख्य वृद्धिले नाफामा ठूलो योगदान गरेको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। कुल नाफा ७७.८ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १६६.७८ प्रतिशतको वृद्धि सहित १ अर्ब २८ करोड रुपैयाँ नाघेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ र अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१.३२ प्रतिशतले वृद्धि भएको हो।

नाफासँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा १७ रुपैयाँ ३६ पैसाले वृद्धि भई ३१ रुपैयाँ २ पैसा पुगेको छ। यसै अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात३९.८७ गुणा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*