यी तीन तरिकाबाट हेर्नुहोस् दरमखोला हाइड्रोको आईपीओ नतिजा

२९ श्रावण २०८२, बिहीबार १०:१५

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमा आईपीओ बाँडफाँट भएको हओ ।

कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन् ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खालि भएको छ ।

आईपीओ भर्खरै बाँडफाँट भएको हुँदा नतिजा हेर्ने केहि समय लाग्नेछ ।

यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*